२०८३ साउन १२ मंगलबार

पछिल्लो २४ घण्टामा ५७७ मा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

ई आर्थिक    शुक्रबार, साउन १३ २०७९
3.3K
Shares
पछिल्लो २४ घण्टामा ५७७ मा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

ई–आर्थिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार २८२ नमुना परीक्षणमा ५७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । २ हजार ४७४ पीसीआरमा ३९१ र २ हजार ८०८ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका मन्त्रालयको भनाई छ ।

बिहीबार एकै दिन ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

२४ घण्टामा २६९ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या भने ४ हजार ३५६ पुगेको छ ।

२४ घण्टाको अवधिमा २८ हजार २५६ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij