२०८३ साउन ९ शनिबार

काठमाडौंको टर्कीमा देखियो बर्डफ्लु, ८ सयभन्दा बढी टर्की नष्ट गरिदै

ई आर्थिक    बुधबार, जेष्ठ १२ २०७८
6.4K
Shares
काठमाडौंको टर्कीमा देखियो बर्डफ्लु, ८ सयभन्दा बढी टर्की नष्ट गरिदै

ई–आर्थिक, काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु देखिएको छ । काठमाडौंको किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको हो ।

पशु सेवा विभागका अनुसार कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टि पछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको छ । सुरूवातमा ८ सयको हाराहारीमा टर्की नष्ट गरिने बताइएको छ ।

विभागले सो क्षेत्रमा संक्रमणलाई शून्य गर्न प्राविधिक खटाएको जानकारी दिएको छ ।

अस्वभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमूना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पीसीआर विधिबाट गरेको परिक्षण गरिएको थियो । सो परिक्षणबाट बर्डफ्लु पुष्टि भएको हो ।

विभागले अहिले संक्रमण थप फैलन नदिन काम गरिरहेका जनाएको छ ।

विभागले पन्छी नष्ट र निसंक्रमण विधि सकिएपछि बुधबार साँझसम्म विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij