२०८३ साउन ९ शनिबार

दोलखाको बिगु गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चारको मृत्यु, वडा अध्यक्षसहित १८ घाइते

ई आर्थिक    मंगलबार, चैत्र ३१ २०७७
6.5K
Shares
दोलखाको बिगु गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चारको मृत्यु, वडा अध्यक्षसहित १८ घाइते

ई–आर्थिक, काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४ मा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी वडा अध्यक्षसहित १८ घाइते भएका छन् ।

दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका–४ बुलुङ जाने क्रममा वा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी गएराति १० बजेको समयमा दुर्घटना भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताउनुभयो ।

मृत्यु हुनेमा बिगु गाउँपालिका–३ बुलुङका ३५ वर्षीय विनोद केसी, ५२ वर्षीया राधा खड्का, २४ वर्षीया चण्डिका थापा र ४५ वर्षीया अजिता खत्री रहेका छन् ।
घाइतेहरूको काठमाडौंको बिएण्डबी, ट्रमा सेन्टर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij