ई–आर्थिक, काठमाडौं । गैरसंबैधानिक कदम चालेर संसद बिघटन गराएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पनि त्यस्तै भस्मासुर कदमको तयारी थालेका छन् । उपाध्यक्ष बामदेब गौतमलाई अध्यक्षको ललिपप दिएर आफ्नो पक्षमा ल्याई पार्टीभित्र बबण्डर खालको निर्णय गर्ने तयारीमा ओली जुटेका हुन । यसका लागि ओली अहिले सचिबालयमा बहुमत प¥याउने रणनीतिमा जुटेको स्रोत बताउँछ । गृहमन्त्री रामबहादुर थापाको साथले ९ सदस्यीय सचिबालयमा ओलीको ४ सदस्य छन् । उपाध्यक्ष गौतमले साथ ओलीको सचिबालयमा बहुमत पुग्छ ।
ओलीको पटक–पटकको धोखाधडीले बिच्किएर गौतम यतिबेला प्रचण्ड–माधब कित्तामा उभिन पुगेका छन् । उनलाई आफ्नो पक्षमा लिन ओलीले अध्यक्षको कार्ड फालिसकेका छन् । यो कार्डले गौतममा आशा पलाए पनि भरोसा भइनसकेको दुई दिनयताका उनकै गतिबिधिले देखाउँछ ।
गौतमको यो मनोदशाका बारेमा ओली र ओली समूहले राम्ररी अध्ययन गरिरहेको स्रोत बताउँछ । ‘अध्यक्ष र प्रधानमन्त्रीको प्रस्ताब सुन्नेबित्तिकै गौतमले म दुबै गुटमा सामेल छैन भनेर प्रेस नोट जारी गर्नुलाई ओलीले सकारात्मक रुपमा लिएका छन् ।’ स्रोत भन्छ ‘प्रचण्ड–माधब समूहको आब्हानमा हिजो आइतबारको सम्पन्न स्थायी समितिको बैठकमा नगएपछि अरु बिश्वास बढेको छ ।’
त्यसो त गौतमले ओलीको कदम गैरसंबैधानिक भनेर बिज्ञप्ती निकालेका छन् । तर यसैको आधारमा अप्रिय निर्णय हुन नहुने उनको भनाई छ । यो भनेको ओलीप्रति गौतमको अझै आस समाप्त नभएको अर्थमा ओली समूहले बुझेको छ । त्यसैले बामदेबलाई हाताहातीमै लेनदेन गरेर आफ्नो पक्षमा ल्याउने ओलीको तयारी छ ।
बामदेबलाई एकल संयोजक बनाउने
ओलीले बामदेब गौतमलाई अहिले नै पार्टीको संयोजक बनानउेबारे आफ्नो समूहमा छलफल चलाएको स्रोतले बताएको छ । सचिबालयमा बामदेबसहित बहुमत पु¥याएर निकट भबिश्यमै महाधिबेशनको मिति तोक्ने र अहिलेको कमिटिलाई आयोजक कमिटिमा रुपान्तरण गर्ने ओलीको तयारी छ ।
आयोजक कमिटिको एकल संयोजक गौतमलाई दिने ओलीले आफ्नो समूहमा प्रस्ताब गरेका छन् । यति मात्र होइन गौतमकै महाधिबेशन मूल ब्यबस्थापनको संयोजक पनि गौतमलाई दिने ओलीको प्रस्ताब छ । यति गरेका गौतमको पूर्ण साथ रहने ओलीको बिश्वास छ । स्रोतका अनुसार ओलीको यसलाई सुरुमा राष्ट्रपति बिद्या भण्डारीको समूहले बिरोध गरेको थियो । यस समूहमा ईश्वर पोखरेल र शंकर पोखरेलहरु पर्दछन् । उनीहरुको खास बिमति बिचारको सन्दर्भमा थियो ।
गौतमले जनताको बहुदलीय जनबाद –जबज) नमान्ने भएको हुदा त्यस्तो ब्यक्तिलाई संयोजक दिन नहुने उनीहरुको तर्क थियो । तर ओलीले ठूलो उपलब्धीको लागि प्राबिधिक कुरा अहिल्यै अघि सार्न नहुने र बिस्तारै जबजमा गौतमलाई पु¥याउने ओलीले बिस्वास दिलाएको स्रोतको भनाई छ ।
स्थायी समिति भंग, केन्द्रमा मनोनित
ओलीले सचिबालयमा बहुमत पु¥याएर स्थायी समिति भंग गर्ने, पोलिटब्युरो बनाउने र केन्द्रीय कमिटिमा नयाँ सदस्य मनोनितको रणनीति बनाएका छन् । पार्टीको अन्तरिम बिधानले राजनीतिक र सांगठनिक निर्णयको अधिकार सचिबालयलाई दिएको हुनाले ओलीले त्यसलाई उपयोग गर्न खोजेको देखिएको छ । बिधानको धारा १८ को ‘ज’ मा सचिबालयको अधिकार र कर्तब्यको ब्यबस्था गरिएको छ ।
उक्त उपधाराको ‘५’ मा केन्द्रीय कमिटि, पोलिट्ब्युरो, स्थायी कमिटिको बैठकको बिचको अबधिमा राजनीतिक तथा सांगठनिक बिषयमा निर्णय लिने भन्ने ब्यबस्था गरेको छ । यसै प्राबधानमा ओलीले टेक्न खोजेका छन् । हुन त अहिले स्थायी समितिको बैठक चलिरहेको छ । तर आफ्नो अनुपस्थिति र सहमतिबेगर भएकाले यसको कुनै अर्थ नरहेको ओलीको दाबी छ । अहिलेको संकटपूर्ण अबस्थाका सम्बन्धमा निर्णय लिन भन्दै ओलीले सचिबालयको बैठक आब्हान गर्ने तयारी गरेका छन् । तर यो कदम बामदेबको सहयोगबिना सम्भब छैन ।
त्यसैले गौतमले चाहेको अबसर प्रदान गरेर आफुतिर तान्ने ओलीको अर्जुनदृष्टि देखिन्छ ।
यसपछि उनले केन्द्रीय कमिटिमा ब्यापक मनोनित गर्ने तयारी गरेका छन् । अहिले केन्द्रीय कमिटिमा ओलीको करिब सय जनाकै हाराहारीको संख्याले कमजोर छन् । त्यसैले उनले २ सयभन्दा बढी मनोनित गर्ने तयारी थालेको स्रोत बताउँछ । केन्द्रीय सदस्य थपघट गर्ने अधिकार सचिबालयसँग भएको ओली समूहको दाबी छ । ‘हिजो पनि केन्द्रीय कमिटिदेखि स्थायी समिति र प्रदेश कमिटि सचिबालयले नै बनाएको हो ।’ स्रोत भन्छ ‘बहुमत पुगे, सचिबालयले यस्तो निर्णय गर्न सक्छ ।’