२०८३ साउन ९ शनिबार

संंसद विघटनको सिफारिस गर्ने निर्णयको चौतर्फी आलोचना, ओली सिफरिस लिएर शितलनिवासमा पुगे

ई आर्थिक    आइतबार, पौस ५ २०७७
2.8K
Shares
संंसद विघटनको सिफारिस गर्ने निर्णयको चौतर्फी आलोचना, ओली सिफरिस लिएर शितलनिवासमा पुगे

ई–आर्थिक, काठमाडौं । मन्त्रिपरिषदको बैठकबाट संसद बिघटनको सिफारिस गर्ने निर्णय गराएपछि प्रधानमन्त्री के.पी. शर्मा ओलीको चौतर्फी आलोचना र विरोध हुन थालेको छ । यो निर्णयमा सत्तारुढ आफ्नै दलका नेताहरु समेतबाट उनी आलोचित भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलगायतका विभिन्न नेताहरुले पनि प्रधानमन्त्री ओलीले गराएको यो निर्णयको अहिले खुलेर आलोचना र विरोध गरिरहेका छन् ।

प्रधानमन्त्री ओली भने यो सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शितल निवास पुगेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

ओलीले अध्यक्ष प्रचण्डलाई भेट नै नगरीकनै राष्ट्रपति भण्डारीलाई भेटन शितल निवास पुगेका हुन् । प्रधानमन्त्री ओलि र राष्ट्रपति भण्डारीबिच ११ बजेदेखि भेटबार्ता सुरु भएको शितलनिवास स्रोतले जानकारी दिएको छ ।

नेकपाको स्थायी कमिटी बैठक अघि ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij