२१ चैत, काठमाडौं । सिद्धार्थ डेभलपमन्ट बैंक लिमिटेडले १० बराबर ६ (१०:६) अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले वैशाख ७ देखि जेष्ठ १० गतेसम्म उक्त हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।
बैंकको शेयरधनीकालागि प्रति शेयर एक सय अङ्कित दरको ८५ लाख १५ हजार ५ दशमलव ६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । बैंकको फागुन १८ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर खरीदकालागि बैंकको शेयर निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ भने सिद्धार्थ डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यलयहरुबाट पनि उक्त हकप्रद शेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ ।
बैंकको हालको चुक्ता पूँजी रू. १ अर्ब ४१ करोड ९१ लाख ६७ हजार ६ सय ६० रहेको छ । यस हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि बैंकको चुक्ता पूँजी रू. २ अर्ब २७ करोड ६ लाख ६८ हजार १ सय ६० पुग्नेछ ।