२०८३ साउन ९ शनिबार

फेरि बढ्न थाले कोरोना संक्रमित : उपत्यकाका ११९ सहित एकैदिन देशभर ५९४ जनामा संक्रमण पुष्टि, थप ४ जनाको मृत्यु

ई आर्थिक    शुक्रबार, साउन ३० २०७७
3.7K
Shares
फेरि बढ्न थाले कोरोना संक्रमित : उपत्यकाका ११९ सहित एकैदिन देशभर ५९४ जनामा संक्रमण पुष्टि, थप ४ जनाको मृत्यु

इ-आर्थिक, काठमाडौं । नेपालमा फेरि कोरोना संक्रमित बढ्न थालेका छन्। शुक्रबार एकैदिन थप ५९४ जनामा संक्रमणको पुष्टि भएको छ। आज काठमाडौं उपत्यकामा मत्रै ११९ जना नयाँ संक्रमित थपिएका छन्।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा संक्रमितको संख्या २५ हजार ५५१ पुगेको जनाए । देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २४० जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट ४ लाख ९४ हजार ६१३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ५ सय ७५ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६ सय ३८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ९१३ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij