२०८३ साउन ९ शनिबार

मोहीको मंहगो जग्गा हडप्न प्रशासन देखि गुण्डासम्मको सेटिङ्ग

ई आर्थिक    मंगलबार, चैत्र १५ २०७३
8.5K
Shares
मोहीको मंहगो जग्गा हडप्न प्रशासन देखि गुण्डासम्मको सेटिङ्ग

१५ चैत, काठमाडौं । मोहीको मंहगो जग्गा हडप्न जग्गा खरिदकर्ताले गुण्डा देखि प्रशासन समेतको सेटिङ्ग मिलाएको छ । घटना टोखा नगरपालिकाको धापासी ग्रीनल्याण्ड जाने बाटोको हो । मूख्य सडकमा रहेको साढे चार करोड बराबरको १३ आना उक्त जग्गामा खरिदकर्ताले यस्तो हत्कण्डा अपनाएका हुन ।

jagga2

स्थानीय प्रशासनदेखि गुण्डाहरुको समेत पहलमा उक्त जग्गा खरिदकर्ताले मोहीको घर टहरालाई भत्काई कुटपिट समेत गरेका छन् । कुटपिटबाट मोही आमा दुर्गादेवी श्रेष्ठ र छोरी संगिता श्रेष्ठ सख्त घाईते भएका छन् । कुटपिटबाट आमा दुर्गादेवीको हात र घाटीमा चोट लागेको छ भने छोरी संगितालाई खुट्टा जीउमा चोट लागेको छ । २ घण्टा कुटपिट र लछारपछारका कारण आफू आधा घण्टा सम्म बेहोस भएको पिडित संगिताले जानकारी दिइन । जग्गा खरिद गर्ने नारायणबहादुर क्षेत्रीले प्रशासन र गुण्डाहरुको सेटिङ्गबाट कुटपिट र तोडफोड गरेको आरोप उनीहरुको छ ।

kuttpitt

स्थानीय प्रशासन समेतले उनीहरुलाई सहयोग नगरेपछि अहिले उनीहरु मिडिया र जिल्ला प्रशासनमा उजुरी दिन पुगेका छन् । पिडितले पुराना कागजातका आधारमा तत्कालिन धापासी गाविसले दिएको मोहियानी कायम रहेको जग्गामा घर टहरो दर्ता गर्न दिएको अनुमति पत्रलगायतका कागजात बोकेर आएका थिए ।

amaxori
क्षेत्रीलाई पूर्णमाया श्रेष्ठ र आनन्द श्रेष्ठको नाममा रहेको उक्त जग्गा आनन्द श्रेष्ठले क्षत्रीलाई बेचेका हुन । जग्गा बेच्ने आनन्द श्रेष्ठ पिडीत दुर्गादेबीकी सौतेली देवर हुन । कुटपीटबाट घाइते छोरी अर्धअन्धि छिन भने आमा बृद्धा छिन । उनीहरु निमुखा परिवार भएको दुर्गादेवीले बताइन । आफूलाई न्याय र जीवन रक्षाको लागि पिडितहरुले मानव अधिकारका साथै मिडियाहरुलाई समेतलाई उनीहरुले गुहारेका छन ।

jagggga

स्थानीय प्रशासनबाट समेत आफूले न्याय दिलाउनुका साटो पिडित बन्नु परेकाले जिल्ला प्रशासनमा उजुरी दिन आइपुगेको उनीहरुले जानकारी दिए । जनधनको क्षति पूर्ति गरिदिन, न्याय दिलाइदिन, उपचारका साथै जीवन रक्षाको लागि निवदेनमा अनुरोध गरिएको छ ।

j

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij