२०८३ साउन ९ शनिबार

सीमा समस्या समाधानका लागि कुटनीतिक प्रयास जारी छ: परराष्ट्र मन्त्रालय

ई आर्थिक    शुक्रबार, बैशाख २५ २०८३
1.6K
Shares
सीमा समस्या समाधानका लागि कुटनीतिक प्रयास जारी छ: परराष्ट्र मन्त्रालय

काठमाडौं।  परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा देखिएको सीमा समस्या कुटनीतिक तवरबाट समाधान गर्न सरकार लागिपरेको जनाएको छ।

मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताए। ‘कुटनीतिक प्रयासले नै समस्या समाधान गर्नेमा हाम्रो स्पष्ट धारणा छ’, उनले भने।

चीन र भारतबीच सञ्चालन हुने कैलाशमान सरोवर यात्रा नेपालको भूमि लिपुलेक हुँदै जाने गरेको स्पष्ट धारणा यही वैशाख २० गते नै सार्वजनिक गरिएको प्रवक्ता क्षेत्रीको भनाइ छ।

नेपाल सरकारले महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमिमा रहेको भन्ने तथ्य १८१६ को सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएकाले यही अडानमा नेपालले कुटनीतिक समाधानको प्रयास गरिरहेको उनले स्पष्ट पारे।

साथै यस विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटकपटक स्मरण गराउँदै आएको प्रवक्ता क्षेत्रीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij