मेलम्ची पहिरो
ई–आर्थिक, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को गएको पहिरोमा परेर पुरिएका मध्ये ७ जनाको शब भेटिएको छ ।
सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा ८ जना वेपत्ता भएको थिए ।
बेपत्ता हुनेहरुमा कभर्ड हल निर्माणमा खटिएका मजदुर रहेको प्रहरीले जानकारी दिएको छ ।
पहिरोले कभर्ड हलको आधा भाग र मजदुर बस्ने टहरो पूरै गएको राती दुई बजेतिर आएको पहिरोले पुरिएको थियो । त्यही पहिरोमा पुरिएर ८ जना कामदार बेपत्ता भएका भएका थिए ।
शब भेटिएका मध्ये दुई जनाको पहिचान खुलेको छ । पहिचान खुलेकोमा वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव रहेको प्रहरीले जानकारी दिएको छ । घटनामा मृत्यु भएका मजदुर भारतीय नागरिक भएकाले उनीहरुको पहिचानमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।
भेटिएका अन्य ५ मजदुरको शबको पहिचान हुन बाँकी रहेको छ ।पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई भने उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जानकारी दिएको छ । थप उपचारको लागि उनलाई धुलिखेल लगिने प्रहरीले जानकारी दिएको छ । यतिखेर घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताको खोजी गरिरहेका छन् ।