२०८३ साउन ९ शनिबार

कोरोना भाइरस संक्रमणको डरले काठमाडौंको प्रमुख व्यापारिक क्षेत्र असन र महाबौद्ध क्षेत्र बन्द

ई आर्थिक    मंगलबार, साउन १३ २०७७
8.8K
Shares
कोरोना भाइरस संक्रमणको डरले काठमाडौंको प्रमुख व्यापारिक क्षेत्र असन र महाबौद्ध क्षेत्र बन्द

भर्खरै गति लिन खोजेको व्यापार फेरि बन्द गर्नुपरे पछि स्थानीय व्यापारीहरु चिन्तित भएका छन्

ई–आर्थिक, काठमाडौं । राजधानीको प्रमुख व्यापारिक क्षेत्र कोरोना भाइरस संक्रमण फैलनसक्ने त्रासले बन्द भएको छ । असन तथा महाबौद्धमा व्यापार गर्ने एकै परिवारका पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि त्यस क्षेत्रका पसलहरू बन्द गरिएको हो । संक्रमण फैलिएको आशंकामा त्यहाँ कोरोना परीक्षणलाई व्यापक बनाइने भएको छ ।

वडा कार्यालयले एक सूचना जारी गरी सो क्षेत्रका स्थानीयलाई तत्कालै पीसीआर परीक्षण गर्न आग्रह गरेको छ । साथै पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरिएको छ ।

भारत सीतामणिबाट फर्केका व्यापारी र उनको परिवारमा कोरोना भाइरसको संक्रमण देखिएपछि सो क्षेत्रमा त्रास छाएको छ । संक्रमित एकै परिवारका पाँच जनामा कोरोना देखिएको शहीद शुक्रराज अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।

छोरी, बाबुआमा, भाइ र छोरीको छोरालाई कोरोना सङ्क्रमण देखिएको डा. राजभण्डारीको भनाई छ । सङ्क्रमितहरूको उमेर ८ वर्षदेखि ६० वर्ष रहेको छ ।

गएको बिहीबारदेखि सो परिवारको परीक्षण सुरु भएको थियो । सङ्क्रमित सबैलाई अहिले टेकुस्थित शहीद शुक्रराज सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । सुरुमा भाइलाई लक्षण देखिएपछि परीक्षण गरिएको थियो । पछि परिवारलाई समेत परीक्षण गर्दा कोरोना देखिएको हो ।

उनीहरू असन र महाबौद्धको बीचतिर व्यापार गर्ने व्यक्ति भएको र पछिल्लो समय उनीहरूले हाल पसल नखोलेको जानकारी आएको डा. राजभण्डारीले जानकारी दिए ।

उनीहरूलाई कोरोना पोजेटिभ देखिएपछि वरपरका ५८ जना स्थानीय तत्काल परीक्षण गरिदिनुप¥यो भन्दै टेकु पुगेका थिए । तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले खतरामा परेकाहरूको स्थानीय तहमै आएर परीक्षण गर्ने आश्वासन दिएर पठाएको थियो ।

महाबौद्ध क्षेत्रका स्थानीयले सोमबारदेखि नै त्यस क्षेत्रका पसल बन्द गराएका छन् । भर्खरै गति लिन खोजिरहेको सो व्यापारिक क्षेत्रमा कोरोनाको त्रास बढेपछि स्थानीय व्यापारीहरु चिन्तित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij