ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसका १३० जना नयाँ संक्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा योसँगै कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । हाल पाँच हजार ४४० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
आज संक्रमित हुनेमा दैलेख २५, काठमाडौं ८, झापा १, मोरङ ३, इलाम ८, सिरहा १, सुनसरी २, उदयपुर १, तेह्रथुम १, मोरङ २३, धनकुटा १, महोत्तरी २, पर्सा ४, दाङ १, नुवाकोट १, सोलुखुम्बु २, नवलपरासी पूर्व २, मकवानपुर १, रौतहट १, बारा १, कास्की ३,गोरखा २, रुपन्देही १, अर्घाखाँची १, बाँके २, बर्दिया ६, जुम्ला १, रोल्पा ३, सुर्खेत ३, अछाम १४,बाजुरा ३, कञ्चपुर ३ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल १७ हजार ९०३ जना कोभिड–१९ का आशंकित क्वारेन्टिनमा छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा ७५ जना कोभिड–१९ संक्रमित निको भएर घर फर्केका छन् । यो सँगै कोभिड–१९ मुक्त भएकाहरुको संख्या १३ हजार १२८ पुगेको छ ।
हालसम्म तीन लाख ४२ हजार ४५७ जनाको स्वाब सङ्कलन गरी आरटी पीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै, कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।