ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोनाका एकसय जना नयाँ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ७७९ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ संक्रमितको कुल सङ्ख्या १८ हजार ९४ पुगेको छ । नयाँ संक्रमित हुनेमा सप्तरी १८, दैलेख १६, सुनसरी ४, मोरङ ३, झापा १, ताप्लेजुङ ३, धनुषा ५, बारा ३, पर्सा ६, काठमाडौं ३, सर्लाही २, चितवन १, सर्लाही १, लमजुङ ७, स्याङ्जा ३, बागलुङ ३, बाँके ३, बर्दिया २, सल्यान २, कालीकोट ६, बझाङ १, डोटी ७ जना रहेका छन्।
पछिल्लो चौबीस घण्टामा २०७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । यो समेत कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौबीस घण्टामा धनुषाका ६० वर्षका एक पुरुष विपी स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा साउन ६ गते मृत्यु भएको छ । यस्तै, चिनियाँ नागरिकको मृत्यु भएको छ । योसँग नेपालमा मृत्यु हुनेका सङ्ख्या ४२ पुगेका छ ।