२०८३ साउन ९ शनिबार

म्यानमारबाट उद्दार गरिएको २६ नेपाली यति पार्टी प्यालेसको होल्डिङ सेन्टरमा, दुबईबाट १६८ जना नेपाल ल्याइदै

ई आर्थिक    शुक्रबार, जेष्ठ २३ २०७७
4.8K
Shares
म्यानमारबाट उद्दार गरिएको २६ नेपाली यति पार्टी प्यालेसको होल्डिङ सेन्टरमा, दुबईबाट १६८ जना नेपाल ल्याइदै

ई–आर्थिक, काठमाडौं । समस्यामा परेका २६ नेपालीलाई म्यानमारबाट उद्दार गरी नेपाल ल्याइएको छ । म्यानमारमा रहेका उनीहरुलाई म्यानमार एयरफोर्सको विमानमार्फत काठमाडौं ल्याइएको हो ।

विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न चौतर्फी दबाब परेपछि सरकारले कार्यविधि तयार गरी नेपाल ल्याउने व्यवस्था गरेको हो । सोही अनुसार नै उनीहरुलाई नेपाल ल्याइएको हो ।

म्यानमारबाट फर्किएका मध्ये प्रदेश १ का ४ जना, बागमती प्रदेशमा १७ जना, गण्डकी प्रदेशका ४ जना, प्रदेश ५ का १ जना रहेका छन् । विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई बसुन्धारामा रहेको यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको छ ।

होल्डिङ सेन्टरसम्म उनीहरुलाई नेपाली सेनाको बसमा लगिएको छ ।

बर्माबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको हो । सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्नेछ ।

त्यसपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ । उनीहरुमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउने भएको छ । यद्यपि, उनीहरुको स्वास्थ्य स्थितिको हरेक विवरण सेनाले राख्नेछ ।

कोरोना परीक्षण नगरिएकाको हकमा सम्बन्धित प्रदेशमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाउने सरकारी तयारी छ । यसैबीच आजै यूएईबाट पनि १६८ जनालाई नेपाल ल्याउने तयारी गरिएको छ ।

नेपाल आउन लागेका १४६ नेपालीहरु अहिले दुबईस्थित सारजहा विमानस्थलमा जम्मा भएर बसेका स्रोतले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij