२०८३ साउन ९ शनिबार

आ.ब. २०७७/७८ को वार्षिक बजेट आज प्रस्तुत हुँदै, कोरोना भाइरसको जोखिम न्यूनिकरणमा बजेट केन्द्रित हुने

ई आर्थिक    बिहिबार, जेष्ठ १५ २०७७
9.6K
Shares
आ.ब. २०७७/७८ को वार्षिक बजेट आज प्रस्तुत हुँदै, कोरोना भाइरसको जोखिम न्यूनिकरणमा बजेट केन्द्रित हुने

ई–आर्थिक, काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट आज बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ  । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय आज संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।

अपराह्न ४ बजे बजेट प्रस्तुत हुने बैठकका लागि संसद् सचिवालयले दुवै सदनका सदस्यहरूलाई सूचित गरिसकेको छ । सचिवालयले दिउँसो ३ः४५ मा बैठक कक्षमा प्रवेश गरिसक्न पनि आग्रह गरेको छ । सरकारको नयाँ आर्थिक वर्षको आय र व्ययको विवरण बजेट जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

यसपटक कोरोना भाइरस रोग (कोभिड–१९) जोखिमले पारेको बहुपक्षीय असर न्यूनीकरणका लागि बजेट केन्द्रित गर्दैछ । न्यूनतम आर्थिक क्रियाकलापको सञ्चालन र कोरोना महामारीको असरबाट बच्न किसिमको बजेट ल्याइने यसअघि नै अर्थमन्त्री डा. खतिवडाले सदनमा जानकारी दिइसकेका छन् ।

रोजगारी सिर्जना, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण तथा सुदृढीकरणलाई मूल प्राथमिकतामा राखेर बजेट तयारी उनले जानकारी दिए । रोजगारीका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरूप बदल्ने यसअघि नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको छ ।

प्रिबजेट छलफलका क्रममा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा लगानी बढाउन सांसदहरुले आग्रह गरेका छन् । उनीहरुले रोजगारी सिर्जना गर्ने कार्यक्रमसहित त्यस्ता क्षेत्रमा लगानी बढाउन सुझाव दिएका छन् । आज सदनमा प्रस्तुत हुने बजेट २६ गतेसम्म पारित गरिसक्ने तयारी संसद् सचिवालयको छ ।

जेठ १८ बाट बजेटको सैद्धान्तिक छलफल प्रारम्भ हुनेछ । दुई दिन सैद्धान्तिक छलफल गराउने तयारी रहेको पनि संसद सचिवायले जानकारी दिएको छ । लगत्तै प्रचलित कार्यविधिलाई छोट्याएर जेठ २१ वा २२ गतेबाट मन्त्रालयगत छलफल सुरु गर्ने तयारी रहेको सचिवालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij