ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एकै दिन ११४ जनाले बढेर ८८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका १७ जना, सप्तरीका ११ जना, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बागलुङका ६, रुकुमका ३, दाङका १५, बाँकेका १६, सिरहाका २, बाराका ७ जना रहेका छन् ।
संक्रमित मध्ये १८३ जना निको भएर घर फर्किइसकेका छन् । बुधबारको अपडेटमा क्वारेन्टाइनमा ७० हजार ३ सय ५ जना रहेका छन् ।
हालसम्म आइसोलेसनमा देशभरी ६९९ जना रहेका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ ।