ई–आर्थिक, काठमाडौं । गुल्मीका कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिकाका ६ का ४१ बर्षीय पुरुषको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।
जेठ १ गतेदेखि अस्पालतमा राखिएको उनको आसीयु कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । उनको मृत्युको अस्पतालले पुष्टि गरेको अनलाईन खबर डटकमले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।