ई-आर्थिक, काठमाडौं । नेपालमा पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको जनाएको छ । संक्रमण पुष्टि भएकामा रौतहट जिल्ला राजपुत नपा फराहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२, ४८ पुरुषहरु तथा रौतहट इशनाथ नपा ३ र ५ वडा निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको जनाइएको छ । यससँगै रौतहटमा मात्रै संक्रमितको संख्या १३ पुगेको छ ।