ई–आर्थिक, काठमाडौं । बाँकेका थप ७ जनामा कोरोना संक्रमण भएको भेटिएको छ । बाँके जिल्लाको नेपालगञ्जमा पुष्टि भएका थप नयाँ ७ जना संक्रमितसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । संक्रमित नेपालगंज-८ निबासी २२,३० र ४० वर्षिय पुरुष र ९,३२,३४ र ५५ वर्षिय महिलाहरु भएको मन्त्रालयले जनाएको छ ।
यसअघि मात्रै बाँकेमा मात्रै १५ जना संक्रमित फेला परेका थिए ।
अहिलेसम्म नेपालमा सबैभन्दा बढि संक्रमित भएको जिल्ला बाँके र उदयपुर भएको छ । बाँकेमा संक्रमितको संख्या ह्वात्तै बढिरहेको र अझै बढ्न सक्ने अनुमान लगाइरहेकै बेलामा संक्रमित थपिएका हुन । यी संक्रमित पुष्टि हुनु अघि नै स्थानीय प्रशासनले नेपालगञ्जमा २५ गतेसम्मलाई कर्फूर्य आदेश समेत जारी गरिसकेको छ ।