२०८३ साउन ९ शनिबार

नाकामा अलपत्र नेपालीलाई आज अन्तिम पटक प्रवेश गर्न दिने सरकारको निर्णय

ई आर्थिक    मंगलबार, चैत्र ११ २०७६
5.6K
Shares
नाकामा अलपत्र नेपालीलाई आज अन्तिम पटक प्रवेश गर्न दिने सरकारको निर्णय

ई आर्थिक, काठमाडौं। सरकारले सीमा नाकामा अलपत्र नेपालीहरुलाई आज एक दिनका लागि नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तिम पटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो ।

सीमामा अलपत्र परेका उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरिएको हो । बुधबारदेखि भने कसैलाई पनि प्रवेश नदिइन सरकारले बताएको छ। कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिए सँगै नाका बन्द गरिएको थियो।

भारतबाट ठुलो संख्यामा आएका नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । त्यहाँ तनाव समेत भएको थियो ।

नेपाली नागरिकको प्रमाण र स्वास्थ्य परीक्षणपछि उनीहरुलाई नेपाल प्रवेश गराइने सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए। यसरी नेपाल प्रवेश गरेका उनीहरुले १४ दिनसम्म अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्ने पनि सरकारले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij