२०८३ साउन ९ शनिबार

सफल मिर्गौला प्रत्यारोपणका लागि मोदीले दिए ओलीलाई शुभकामना

ई आर्थिक    सोमबार, फाल्गुन १९ २०७६
6.8K
Shares
सफल मिर्गौला प्रत्यारोपणका लागि मोदीले दिए ओलीलाई शुभकामना

ई–आर्थिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रियाको कामना गरेका छन् । मोदीले सोमबार एक ट्विट गर्दै ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

‘मेरा प्रिय मित्र केपी शर्मा ओली जी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ मोदीले ट्विटरमा लेखेका छन् ।

उनले सन्देशमा अगाडि भनेका छन्, “भगवान पशुपतिनाथसँग तपाईंको सुस्वास्थ्य, खुशी र दीर्घ जीवनको कामना गर्दछु साथै नेपाल भारत सम्बन्धलाई उचाइमा पु-याउन तपाईंको निरन्तर योगदान रहने विश्वास लिएको छु ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको यो दोस्रो पटक हुन लागेको मृर्गौला प्रत्यारोपणको शल्यक्रिया हो । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि बुधबार पुनःअर्को प्रत्यारोपण गरिँदैछ । त्यसका लागि ओली आज अस्पताल भर्ना हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij