२०८३ साउन ९ शनिबार

डा. युवराज खतिवडा अयोग्य अर्थमन्त्रीको लाइनमा लामबद्ध, अहिलेसम्म पुँजीगत खर्च ९ प्रतिशत मात्र

ई आर्थिक    बुधबार, पौस २ २०७६
13.3K
Shares
डा. युवराज खतिवडा अयोग्य अर्थमन्त्रीको लाइनमा लामबद्ध, अहिलेसम्म पुँजीगत खर्च ९ प्रतिशत मात्र

ई–आर्थिक, काठमाडौं । चालु आर्थिक बर्षको बजेट आउनु केही दिनअघि मात्र नेकपाका पूर्बअर्थमन्त्रीहरु र केही शीर्षस्थ नेताहरुले अर्थमन्त्री युवराज खतिवडाले आफूहरुसँग बजेटको सम्बन्धमा केही सल्लाह नगरेको टिप्पणी गरेछन् ।

पार्टी नेताहरुमार्फत नै यो कुरा अर्थमन्त्री खतिवडाले सुनेछन् । जसले ती कुरा खतिवडालाई सुनायो, उनै नेतामार्फत खतिवडाले त्यस्तो टिप्पणी गर्नेलाई जबाफ फर्काएछन् ‘नेकपामा बजेटका बारेमा मलाई सुझाब र सल्लाह दिने को छ र ? कसले मभन्दा बढी अर्थतन्त्रको बारेमा ज्ञान राख्छ र ? अनि त्यस्ताहरुसँग बसेर म किन टाइम पास गरौं ।’ अर्थमन्त्री खतिवडाको यो भनाई नेकपाजनमा आगोजस्तै फैलिएको थियो । उनको यो भनाईको अर्थ के हो भने उनी नेपालमा आफूलाई अब्बल अर्थशास्त्री ठान्छन् । अर्थतन्त्रको लागि सुझाब र सल्लाह दिने लायक नेकपामा एक जना पनि छैनन् ।

आफूलाई नेपाली चाणक्य नै ठान्ने अर्थमन्त्री खतिवडा अब भने नेपालकै सबभन्दा असफल र नालायक अर्थमन्त्रीको लाइनमा लामबद्ध हुन पुगेका छन् । यो कुनै पूर्बाग्रह होइन, कि तथ्यहरुले नै यही देखाइरहको छ । सरकारको विकास खर्चको निराशाजनक तस्बीर यसैको परिणाम हो ।

चालू आर्थिक वर्षको मंसिरसम्म ९ प्रतिशत भन्दा कम विकास खर्च हुनुले अर्थमन्त्री खतिवडाको अयोग्यता छताछुल्ल भएको छ । महालेखा नियन्त्रणको कार्यालयलका अनुसार चालु आबको मंसिरसम्ममा ३६ अर्ब ५३ करोड रुपैयाँ अर्थात् ८.९४ प्रतिशत पुँजीगत खर्च भएको छ । यो ५ महिनाको अबधिमा न्यूनतम २० प्रतिशत पूँजीगत खर्च गर्नपर्ने हुन्थ्यो ।

सरकारले चालु आबमा बिनियोजित कुल १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ बजेटमध्ये ९ खर्ब ५७ अर्ब १० करोड चालू र ४ खर्ब ८ करोड पुँजीगत खर्च छुट्याएको थियो । बिगतमा असारको अन्तिममा बजेट ल्याउँदा टेण्डर प्रक्रिया र परियोजना तयारीमै समय लाग्दा पुँजीगत खर्च लक्ष्य अनुसार नहुने कुरालाई ध्यानमा राखेर जेठ १५ मा बजेट ल्याउन थालिएको छ ।

जेठमा बजेट ल्याएका अर्थशास्त्री अर्थमन्त्री डा. खतिवडाले अर्थ प्रशासन सन्चालनमा बिगतको भन्दा खराब प्रदर्शन गरेका छन् । बिज्ञ अर्थमन्त्री, समयमै बजेट र स्थीर सरकार भएपनि पुँजीगत खर्च हुन नसक्नु अर्थमन्त्री खतिवडाले अर्थब्यबस्था सही ढंगले सन्चालन गर्न नसक्नुको परिणाम भएकोे बिज्ञहरु बताउँछन् ।

अर्थ प्रशासनमा अर्थमन्त्री खतिवडा चुक्न थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समेत सबै विकास मन्त्रालयहरूलाई पत्र पठाए दोस्रो चौमासिकभित्र ५० प्रतिशत बजेट खर्च गरिसक्न निर्देशन दिएको थियो । यस अनुसार उपलब्धी हासिल गर्न अब ३ महिनामा एक खर्ब ८६ करोड बजेट खर्च गर्नु पर्छ । सही ढंगले बजेट सदुपयोग गर्ने हो भने अब यो संभब नै नभएको बिज्ञहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij