ई–आर्थिक, काठमाडौं । मौसमको गडबडीले पर्यटक चढेको ७ वटा हेलिकप्टर बिच बाटोमै सुरक्षित अवतरण गराइएको छ ।
सोलुखुम्बुको लुक्लाबाट पर्यटक बोकेर काठमाडौं आउन लागेका ती हेलिकप्टरहरु विच बाटोमै आकस्मिक अवतरण गराइएको हो । ती हेलिकप्टर मध्ये केहीलाई काभ्रेको पाँचखालमा र केहीलाई सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गराइएको हो ।
सोलुखुम्बुबाट पर्यटक बोकेर ८ हेलिकप्टर काठमाडौं आएका थिए । १ हेलिकप्टर भने गन्तव्यमा सुरक्षित आइपुगेको समाचार स्रोतले जानकारी दिएको छ । कैलाश, मनाङ र सिम्रिक एयरका हेलिकप्टरले पर्यटक बोकी काठमाडौं आइरहेका थिए ।
पाँचखाल नगरपालिकाको वडा नम्बर ५ को जोरपाटी भन्ने ठाउँमा ३ वटा र होक्से भन्ने ठाउँमा एउटा हेलिकप्टर बिहान ८ बजे आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले पुष्टि गरेको छ । अन्य ३ वटा हेलिकप्टर भने सिन्धुलीको नेपाल थोकमा अवतरण गरिएको थियो ।
मौसम खराबीका कारण केही दिनदेखि लुक्लाबाट जहाज उड्न नसकेपछि ३ सयको हाराहारीमा पर्यटक अलपत्र त्यही अलपत्र थिए ।