ई–आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (मंगलबार) पनि उकालो लागेको छ । ७० हजारबाट आज उकाले लागेर ७१ हजार पुगेको छ । यो मूल्य नेपालको इतिहाँसमा सबैभन्दा उच्च रेकर्ड हो।
नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ जहार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तैगरी आज तेजावी सुनको भाउ पनि उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो साता सुनजसरी नै लगातार बढेर ८२५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ पनि आज १० रुपैयाँ बढरेर ८३५ रुपैयाँमा कारोबार भईरहेको छ। चाँदीको भाउ पनि नेपाली इतिहाँसमै अहिलेसम्मकै उच्च हो ।
गत साता छापावाल सुनको मूल्य ६६ हजार ३ सय रुपैयाँ थियो । सो मूल्य लगातार बढेर आज ७१ हजारमा कारोबार भएको हो ।
काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्ने व्यवसायीले जानकारी दिएका छन् ।
बजारमा सुनको मूल्य बृद्धिसँगै कारोवार भने कम देखिएको छ । बजारमा किन्ने भन्दा बेच्न जानेहरु बढी देखिएका छन् ।