२०८३ साउन ९ शनिबार

कुलमानलाई यसरी पनि भइरहेको छ कर्मचारीहरुबाट असहयोग

ई आर्थिक    सोमबार, फाल्गुन २३ २०७३
6.8K
Shares
कुलमानलाई यसरी पनि भइरहेको छ कर्मचारीहरुबाट असहयोग

२३ फागुन, काठमाडौँ / तिर्सना गिरी  । देशलाई लोडसेडिङ मुक्त गर्ने अभियानमा जुटेका कुलमानको प्रशंसा भईरहेको बेलामा प्राधिकरणको आन्तरिक व्यवस्थामा भने अझै सुधार हुन सकेको छैन । त्यही व्यवस्थापनका कारणले अहिले सर्वसाधरणले सास्ती खेप्नु परिरहेको छ ।

प्राधिकरणले विजुलिको विल तिर्ने सिष्टममा गडबडी हुँदा चासो नदिंदा भुक्तानीमा जाने ग्राहकहरुले कठिनाई महसुस गर्नुप रिरहेको छ । प्राप्त समाचार अनुसार विद्युतको भुक्तानी विलिङ प्रणालिमा मेसिन खराबीका कारण यस्तो समस्या व्यहोर्नु परेको छ । अहिले ग्राहकहरु घण्टौ लाईनमा बसेर पनि एउटै बिल तिर्न तीन दिन सम्म लाग्ने गरेको गुनासो गरिरहेका छन् ।

BIdhut-Pradhikaran1

नेपाल बिद्युत प्राधिकरणको वसुन्धरा काउन्टरमा पैंसा तिर्न पुगेका दिपक ढकालले तीन दिन लगाएर पैसा तिरेको गुनासो सुनाए । ‘तीन दिन सम्म धाएर बल्ल पैसा तिरियो । आज अफिसबाट पुरा दिन बिदा लिएर आए ।’ उनले भने– ‘अहिले मिटर रिडिङ गर्ने मान्छे छैन । सेवाग्राहीहरु आँफैले नम्बर टिपी चाडाउनु पर्दो रहेछ । लाइनमा बसेर नम्बर चढाएपछी फेरी अर्को लाइन बस्नुपर्छ ।’

प्राधिकरणले सहज सेवाको बाटो अप्नाउदै लाइन बस्नुपर्ने झन्झट हटाउन बिद्युतीय प्रणालीबाट कुपन बितरण गर्ने सुबिधा ल्याएको पनि छ तर त्यही सुबिधा दिने मेसिन बिग्रिए पछी वसुन्धरामा सेवाग्राहीहरु पटक–पटक धाउनु पर्ने समस्या देखिएको छ ।

बिद्युत महसुल तिर्न पुगेका दिनेश बिष्टले पनि प्राधिकरणको बिलिङ प्रणालीमा सुधार ल्याउनुपर्ने बताए । बिजुलीको बिल तिर्न आउँदा झन्झटिलो र समय खर्चिलो हुने गरेको उनको गुनासो छ । उनले भने– ‘क्यू टोकन मेसिन छ तर चल्दैन । आफन्तहरुको बिल चाँही भित्र बोलाएर काट्ने गर्छन् बाहिर लाइनमा बस्नेहरु चाँही पालो कुरेको कुरै गर्नुपर्छ ।’

BIdhut-Pradhikaran3

माथिल्लो व्यवस्थापनको मुख नताक्दा पनि सर्वसाधारण सास्ती केही कम भोग्नुपर्ने अवस्था आउने उनहरुको भनाई छ । तर उनीहरुले नचिनेका ग्राहकहरुलाई प्राथमिकतामा राखेको देखिदैन । अझ निन्दनिय कुरा त के छ भने त्यहाँका कर्मचारीहरु आफ्नो कुर्सीमा भेटिदैनन् । विल तिर्न पुगेका ग्राहक दिपक ढकालले त्यही अनुभव गरे । आफू कार्यालयमा पुगेको समयमा कम्प्लेन सुन्ने प्रशासन शाखामा ग्राहक ढकाल २ घण्टा विराएर तीन पटक पुग्दा पनि कुर्सिमा बस्ने हाकिए भेटिएनन् । काउण्टरका कर्मचारीहरुलाई गुनासो गर्दा महिना दिनमा एक दिन यहाँ विताउँदा के फरक पर्छ भन्ने गैरजिम्मेवार जवाफ फर्काएको त्यही विल तिर्न पुगेकी रश्मी पाठकले वताइन् ।

BIdhut-Pradhikaran4

विल तिर्न जाँदा त्यहाँको सिष्टमको बारेमा गुनासो गर्ने यी प्रतिनिधि पात्र मात्र हुन । सेवा शुल्क लिने संस्थाले सेवा दिन जान्न र सक्नु पर्छ भन्ने गुनासो अधिकांश पिडीत ग्राहकहरुको छ । सुन्धारा काउन्टरमा विल तिर्न पुगेका ग्राहकहरुले २/४ रुपैयाँ फिर्ता नपाएको समेत गुनासो गरेका छन् ।

विद्युत प्राधिकरणका प्रमुख घिसिङ्ग भने देशमा लोडसेडिङ्गका यतिवेला अन्त गर्ने अभियानमा छन् तर कर्मचारीहरु भने विद्युतका ग्राहकहरुलाई दुःख दिने अभियानमा छन् । उनलाई सहयोग गर्नु त परै जाओस् कर्मचारीको गतिविधिहरु हेर्दा घिसिङ्गको अभियानलाई असफल बनाउने अभियानमा कर्मचारीहरु छन् भन्ने प्रष्टै सन्देश दिन्छ । कसैले कतै सुधार गरिरहेको बेलमा कसैले कतै विगारिरहेको यो परम्परालाई हेरे यो कुराको पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij