ई–आर्थिक, काठमाडौं । सर्लाहीमा प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच भिडन्त बीच भएको दोहोरो भिडन्तमा परी विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका छन् ।
सर्लाहीको लालबन्दीमा भएको भिडन्तमा उनी मारिएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीले सिन्धुली जाने बाटोमा गस्तीमा रहेको प्रहरी टोलीमाथि लालबन्दी नगरपालिका– १ मा विप्लव नेकपाका कार्यकर्ताले आक्रमण गरेको दाबी प्रहरीको छ ।
प्रहरीले थ्री नट ३ को ३ राउण्ड गोली ना २२ प ६४ नम्बरको मोटसाइकल बरामद गरेको छ । सो समूहमा रहेका तीन जना रहेको प्रहरीले जानकारी दिएको छ । अन्य भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जानकारी दिएको छ ।