ई–आर्थिक, ९ बैशाख २०७६, काठमाडौं । लामो समयदेखि मिलाउन नसकिएको नेकपा एकता प्रक्रियाको जिल्लाको पद भागबण्डासहित मिल्ने प्रक्रियामा अघि बढेको छ ।
नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालीन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ भने तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ।

पद विभाजनअनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व तत्कालीन माओवादीको भागमा परेको छ भने गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ।

माओावदीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेकोतर्फबाट सचिव रहने र एमालेकोतर्फबाट अध्यक्ष भएको ठाउँमा माओवादीतर्फको सचिव हुने गरी सहमति गरिएको छ।
यसरी भाग लगाउँदा अध्यक्ष सचिव भए भने सचिव अध्यक्ष भए ।