काठमाडौं । ललितपुरमा अवस्थित नेपाल मेडीसिटी अस्पतालमा अजड् इन्सुरेन्सबीच विशेष सम्झौता कार्यक्रम सम्पन्न भएको छ । सम्झौता अनुसार कम्पनीका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदरहीत सेवा प्राप्त गर्ने भएका छन् । क्यासलेस अर्थात नगदरहीत सेवा ग्राहकले उपचारका लागि भर्नाको अवस्थामा उपभोग गर्न पाउने छन् ।
इन्सुरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका थिए ।

स्वास्थ्य बीमाका माध्ययमबाट नागरिकहरुलाई सुलभ स्वास्थ्य उपचार सेवा प्राप्त हुने र स्वास्थ्य सबैको पहुंचमा पुग्ने भएकोले स्वास्थ्य बीमालाई अस्पतालले विशेष जोड दिएको अस्पतालका महाप्रबन्धक रिमालले बताउनुभएको छ ।
अजड् इन्सुरेन्सले स्वास्थ्य बीमामा जोड दिएको र भविष्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ्य बीमा बारे सचेतना वृद्धि गर्दै जाने उद्देश्य राखेकोमा अस्पतालसँगको सहकार्य फलदायी रहने खत्रीले बताउनुभयो ।