८ फागुन, काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले नयाँ लोगो सार्वजनिक गरेको छ ।
नयाँ लागो सार्वजनिक गर्दै बैंक संचालक समितिका अध्यक्ष जलाल अहमदले नयाँ लागो सँगै बैंक नयाँ चरणमा प्रवेश गरेको बताउनुभयो ।
उहाँले नयाँ लोगोको प्रवद्र्धनले बैैकको छविलाई अझ उच्च बनाउन मद्दत गर्ने तथा बैंकले पनि आफ्नो सेवा सुविधालाई अझ चुस्तदुरुस्त बनाउने बताउनुभयो । बैंकको विगत वर्षहरु देखि प्रचलनमा रहेको आफ्नो लोगोलाई थप केही परिमार्जन गरि अझ बढि जिवन्त बनाई हरेक कदममा अगाडि बढ्ने प्रतिवद्धता झल्किने खालको रंग र आकारमा नयाँ लोगोलाई प्रस्तुत गरिएको जनाएको छ ।
नयाँ लोगोमा रातो र हरियो रंगको प्रयोग गरिएको छ । बैंकले उक्त लोगोमा प्रयोग भएको रातो रंगलाई हार्दिकता, परिपक्कता, निर्भिकता, उत्साह र उर्जाको समिश्रणको रुपमा लिएको तथा हरियो रंगलाई विश्वासनीयता, सृजनशिलता, गतिशिलता, प्रगतिको समिश्रणको रुपमा लिएको जनाएको छ ।
अहिलेको वर्तमान विषम परिस्थितिमा पनि नेपाल बंगलादेश बैक एक उत्कृट, विश्वसनीय, सक्षम र सृजनशिल बैैंक हो र भविष्यमा पनि आफ्ना ग्राहकवर्ग तथा समग्र समाजमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल हुने प्रतिवद्धता जनाउनको लागि नयाँ लागोले सहयोग गर्ने विश्वास बैंकले लिएको छ ।
उक्त नयाँ लागोले बैंकको पहिचानमा थप मद्दत पुग्ने तथा बैंक, वित्तिय संस्थाहरुको भिडभाडमा पनि आफ्नो बजारीकरणलाई अझ टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार बैंकको कुल चुक्ता पूँजी ४.०१ अर्ब रुपैयाँ, निक्षेप संकलन ४१.०३ अर्ब रुपैयाँ तथा कर्जा लगानी ३६.२० अर्ब रुपैयाँ रहेको छ । साथै सोही अवधिको खुद नाफा ५४.०६ करोड रुपैयाँ रहेको छ ।
बैंकले हाल ४३ शाखा, ७ शाखारहित सेवा, २ एक्सटेन्सन काउन्टर तथा ३९ वटा एटिएम बाट आफ्नो सेवा उपलब्ध गराई रहेको छ ।