२०८३ साउन ९ शनिबार

सातामा नेप्से ७३ अंकले वृद्धि, करोबार भने घट्यो

ई आर्थिक    शुक्रबार, माघ २१ २०७३
9.9K
Shares
सातामा नेप्से ७३ अंकले वृद्धि, करोबार भने घट्यो

२१ माघ, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकमको अभावका कारण पछील्लो केही साता सेयर बजार निकै ओरालो झरेको थियो । यो साता भने बजारमा केही सुधार देखिएको छ ।

यो साता सेयर बजार कारोबारको पहिलो दिनको तुलनामा ७२.७५ अंकले बढेर अन्तिम दिन १३८२.४५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा साताको अन्तिम दिन १६.२८ अंकले बढेर ३००.३५ अंकमा पुगेको छ ।

यो साता १५६ कम्पनीहरुको सेयर कारोबार भएको छ । जस अनुसार २० हजार ६ सय ६० कारोबारबाट दुई अर्ब २१ करोड ५३ लाख ७० हजार रुपैयाँ बराबरका ५९ लाख पाँच हजार पाँच सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

सेयर बजार बढेपनि कारोबार रकम भने घटेको छ । यो साता कारोबार रकम गत साताको भन्दा ०.६४ प्रतिशतले घटेको छ । गत साता १५५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १९ हजार तीन सय ६० कारोबारबाट दुई अर्ब २२ करोड ९७ लाख पाँच हजार रुपैयाँ बराबरका ६६ लाख ६७ हजार एक सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यो साता कारोबार रकम (१४ करोड ५५ लाख ९० हजार रुपैयाँ) को आधारमा सिद्धार्थ बैंक लिमिटेड अगाडी रहको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (८ लाख ३१ हजार कित्ता) को आधारमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड १ अगाडी रहेको छ । कारोबार संख्या (१३१४ वटा) को आधारमा प्रभु बैंक अगाडी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij