४ असोज, काठमाडौं । पूर्णिमा विकास बैंकले गत बर्षको कमाईबाट २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंकको सोमबार बसेको १६५ औं बोर्ड बैठकले गत बर्षको कमाईबाट ८ करोड ९० लाख बराबरको लाभांश बाड्ने प्रस्ताव गरेको हो । जसमध्ये बानेस बापत ८ करोड ४५ लाख ५० हजार र बाँकी रहेको ४४ लाख ५० हजार रकम कर प्रयोजनका लागि वितरण गर्ने बैंकले जनाएको छ ।
बैंकको चुक्ता पूँजी ३५ करोड २३ लाख ८५ हजार रुपैंयाँ छ । बोनसपछि बैंकको पूँजी ४३ करोड ६९ लाख ३५ हजार रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा १० करोड एक लाख ५३ हजार रुपैंया खुद नाफा कमाएको थियो ।
