२०८३ असोज ६ मंगलबार

परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै

ई आर्थिक    आइतबार, असोज ४ २०८३
817
Shares
परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल आज (आइतबार) अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्।

भ्रमणका क्रममा उनले आफ्ना समकक्षीहरूका साथै अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ।

यस्तै, राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह सेप्टेम्बर २२ (मंगलबार) मा अमेरिका प्रस्थान गर्नेछन्।

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij