२०८३ भाद्र ११ बिहिबार

रसुवा बाढी तथा पहिरो पिडितका लागि शिबम् अर्गनाइजेशनका अध्यक्ष राजेन्द्र राउतको ११ लाख सहयोग

ई आर्थिक    बिहिबार, भाद्र ११ २०८३
893
Shares
रसुवा बाढी तथा पहिरो पिडितका लागि शिबम् अर्गनाइजेशनका अध्यक्ष राजेन्द्र राउतको ११ लाख सहयोग

विराटनगर : रसुवाका विभिन्न स्थानमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विराटनगरका उद्योगी तथा समाजसेवी राजेन्द्र राउतले ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् । विभिन्न उद्योग व्यवसाय सञ्चालन गरिरहेका राउत शिबम् समूहका अध्यक्ष हुन् । कल्याणकारी कार्यमा उनले यसअघि पनि थुप्रै सहयोग प्रदान गरिसकेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश अध्यक्ष समेत रहेका राउतले व्यक्तिगतरुपमा उक्त सहयोग प्रदान गरेका हुन् । महासंघको कोशी प्रदेशले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत अध्यक्ष राउतले व्यक्तिगत रूपमा ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको जानकारी दिएको हो ।

सहयोग गर्ने राउत तथा महासंघले रसुवामा बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

विपद्को यस घडीमा प्रभावित क्षेत्रमा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन र घरबारविहीन परिवारलाई तत्काल सुरक्षित वासस्थान, खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराउन महासंघका अध्यक्ष राउतले नेपाल सरकारसँग आग्रह गरेको छन् ।

महासंघले कोशी प्रदेशका सम्पूर्ण उद्योगी, व्यवसायी तथा उद्योग वाणिज्य संघ–संस्थालाई आफ्नो स्तरबाट सम्भव भएसम्म राहत तथा सहयोग उपलब्ध गराउनसमेत उनले अपिल गरेका छन् ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा निजीक्षेत्रले समेत आफ्नो सामाजिक उत्तरदायित्वअनुसार सहयोग गर्नुपर्ने महासंघ अध्यक्ष राउतको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij