२०८३ असोज ५ सोमबार

जेन–जीको जगमा बनेको सरकारले नै उनीहरूका माग बेवास्ता गर्‍यो : आरेन राई

ई आर्थिक    सोमबार, असोज ५ २०८३
665
Shares
जेन–जीको जगमा बनेको सरकारले नै उनीहरूका माग बेवास्ता गर्‍यो : आरेन राई

काठमाडौं ।  श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जेन–जी आन्दोलनको जगमा बनेको सरकारले नै जेन–जीका मागलाई बेवास्ता गरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आन्दोलनका क्रममा उठाइएका मागप्रति सरकार गम्भीर नभएको भन्दै प्रश्न गरेका हुन् ।

‘जेन–जीहरूकै मागलाई सरकारले बेवास्ता गरेको कुरा बिर्सनलायक छ ? म सरकारलाई प्रश्न गर्न चाहन्छु,’ उनले भने ।

सांसद राईले आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे ।

उपचारमा लागेको सम्पूर्ण खर्च राज्यले व्यहोर्नुपर्ने तथा घाइतेहरूलाई उचित क्षतिपूर्ति र जीवनयापनको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, घाइतेका परिवार तथा सहिद परिवारका सदस्यलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न उनले माग गरे । सार्वजनिक यातायातमा आन्दोलनका घाइतेहरूलाई विशेष छुटको व्यवस्था गर्न सांसद राईको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij