२०८३ असोज ६ मंगलबार

खाँदबारी-सभाखोला सडक चौडा गरिँदै, दैनिक नौ घण्टा बन्द

ई आर्थिक    मंगलबार, असोज ६ २०८३
171
Shares
खाँदबारी-सभाखोला सडक चौडा गरिँदै, दैनिक नौ घण्टा बन्द

संखुवासभा।  कोशी राजमार्गअन्तर्गत संखुवासभा सदरमुकाम खाँदबारी-तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ घण्टा यातायात बन्द गरिएको छ।

सदरमुकाम खाँदबारी-तुम्लिङटार सभाखोला सडकखण्डको करिब १७ किलोमिटर कालोपत्र सडक मर्मत तथा चौडा गर्न यातायात बन्द गरिएको गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोजकुमार मण्डलले बताए।

खाँदबारीबाट सभाखोलासम्मको सडकखण्ड कालोपत्र तथा चौडा गर्न असोज ६ गते देखि असोज ३० गते सम्म यातायात बन्द गरिएको कार्यालयले जनाएको छ। उक्त सडकखण्डमा बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म कालोपत्रे सडक चौडा गर्न यातायात सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालयका निमित्त प्रमुख मण्डलले बताए।

समयमै काम सम्पन्न गर्नको लागि निर्माण कम्पनीको आग्रहमा यातायात बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij