२०८३ असोज ७ बुधबार

असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडकमा यातायात सञ्चालन गर्ने सरकारको तयारी

ई आर्थिक    मंगलबार, असोज ६ २०८३
722
Shares
असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडकमा यातायात सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्मको सडकखण्डमा असोजभित्र यातायात सञ्चालन गर्ने लक्ष्यसहित सरकारले मर्मत तथा पुनःनिर्माणको काम तीव्र बनाएको छ।

गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत सम्पन्न भइसकेको छ। सोही सडकखण्डअन्तर्गत देवीघाटमा एक्रो ब्रिजसमेत जडान गरिएको छ।

विदुर क्षेत्रमा बाढीका कारण क्षतिग्रस्त सडकमा नेपाली सेनाले ब्लास्टिङमार्फत ट्रयाक खोल्ने काम सुरु गरेको छ। यस्तै, रसुवाको बेत्रावतीमा आवश्यक बेलीब्रिज जडानका लागि फाउण्डेशन निर्माणको काम अघि बढाइएको छ।

बेत्रावती–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सडकखण्डमा भने हाल कुनै ठूलो समस्या नरहेको जनाइएको छ। स्याफ्रुबेँसीमा भने एउटा बेलीब्रिज जडान गर्नुपर्ने देखिएको छ। त्यसका लागि आवश्यक तयारी भइरहेको छ।

यता, स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फको सडकखण्ड भने बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको छ। उक्त क्षेत्रमा नयाँ सडक निर्माणका लागि सर्वेक्षणको कामसमेत सुरु भइसकेको छ।

सरकारले तत्काल सडक सञ्चालनमा ल्याउने कामसँगै प्रभावित क्षेत्रमा स्थायी सडक निर्माण गर्ने तयारीसमेत अघि बढाएको छ। यसका लागि आवश्यक अध्ययन तथा प्राविधिक प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij