२०८३ साउन ९ शनिबार

नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति व्यक्तिलाई वितरण, यस्तो छ भागबण्डा

ई आर्थिक    बिहिबार, भाद्र १ २०७४
2.3K
Shares
नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति व्यक्तिलाई वितरण, यस्तो छ भागबण्डा

१ भदौ, काठमाडौं । गैरनाफामूलक संस्थाको रूपमा स्थापित नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति व्यक्तिलाई वितरण गर्ने निर्णय भएको छ। संस्थाको कोषमा रहेको करिब १० करोड रुपैयाँ सञ्चालकहरूका नाममा बाँड्ने निर्णय भएको हो।

कलेज स्रोतबाट प्राप्त कागजातमा कलेजको खातामा रहेको रकममध्ये सात जना सञ्चालकलाई एक करोड ५० लाख रुपैयाँका दरले बाँड्ने निर्णय गरेको उल्लेख छ। ‘कलेजका संस्थापक सञ्चालकहरू र निजका परिवारले २५ वर्षदेखि गरेको योगदानलाई कदर गर्दै’, निर्णयमा भनिएको छ, ‘सबै सञ्चालकलाई डेढ करोड रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भयो,’ केही सञ्चालकहरूले रकम भुक्तानीसमेत पाइसकेका छन्।

सञ्चालक समितिले उक्त रकम आफूले प्रयोगमा ल्याउने गरी गाडी खरिदमा खर्च गर्नसक्ने निर्णय गरेको छ। खरिद भएको गाडीसमेत सम्बन्धित व्यक्तिकै नाममा हुनेछ। सञ्चालक समितिको बैठकले सञ्चालकहरूलाई बाँडिएको रकम सामाजिक संस्थाका नाममा निकाल्न र खर्च गर्नसमेत सक्ने जनाएको छ।

गैरनाफामूलक कम्पनीबाट सञ्चालकहरूले आम्दानी बाँड्न मिल्दैन। नेपाल इन्जिनियरिङ कलेजमा लम्बोदर न्यौपाने कार्यकारी अध्यक्ष, डा. रामलाल उपाध्याय, लवराज भट्टराई, डा. उपेन्द्र गौतम, सूर्यबहादुर केसी, हरिप्रसाद पाण्डे र सलिल भट्टराई सदस्य छन्। निर्णयमा सलिलले मात्र असहमति जनाएका छन्। आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij