२०८३ साउन ९ शनिबार

पोखरा फाइनान्सको २२० रुपैयाँमै आयो एफपीओ, भदौ १ गतेसम्म आवेदन दिन सकिने

ई आर्थिक    आइतबार, साउन २९ २०७४
2.5K
Shares
पोखरा फाइनान्सको २२० रुपैयाँमै आयो एफपीओ, भदौ १ गतेसम्म आवेदन दिन सकिने

२९ साउन, काठमाडौं । पोखरा फाइनान्सको एफपीओ साउन २९ आइतबारदेखि खुलेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० का दरले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ निष्कासन गरेको हो ।

एफपीओ भदौ १ गतेसम्म भर्न पाइनेछ । एफपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन दिन पाइनेछ ।अहिले दोस्रो बजारमा यसको प्रतिकित्ता शेयरमूल्य २५२ रुपैयाँको हाराहारीमा रहेको छ ।

यसको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले आश्वा अनुमती पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।

हाल फाइनान्सको चुक्ता पुँजी ५५ करोड ७४ लाख २० हजार २९२ रुपैयाँ छ । एफपीओ बिक्रीपछि फाइनान्सको चुक्ता पुँजी ६५ करोड ५७ लाख ८८ हजार ४९२ रुपैयाँ हुनेछ । पोखरा फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ७७ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ५० पैसा छ ।

कम्पनीले संस्थापक तथा साधारण शेयरको अनुपात ५१:४९ कायम गर्न एफपिओ जारी गरेको हो ।

एफपिओ जारी गरेपछि कम्पनीले कायम हुने पूँजीको १५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव समेत २० औ बार्षिक साधारणसभाबाट पारित गराईसकेको छ । हकप्रद पश्चात कम्पनीको पूँजी ७५ करोड नाघ्नेछ ।

चालु आर्थिक बर्षको बोनसबाट कम्पनीले ८० करोड चुक्तापूँजी पुर्याउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij