२०८३ साउन ९ शनिबार

चीनमा दुई शक्तिशाली भूकम्प, १९ को मृत्यु, २४७ घाइते

ई आर्थिक    बुधबार, साउन २५ २०७४
2K
Shares
चीनमा दुई शक्तिशाली भूकम्प, १९ को मृत्यु, २४७ घाइते

२५ साउन, काठमाडौं । पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुवान प्रान्तको जिउजाइगुउमा दुई शक्तिशाली भूकम्प गएको छ ।

शक्तिशाली भूकम्पमा परी १९ जनाको मृत्यु भएको छ ।

यस भूकम्प ७ म्याग्निच्युडको मापन गरिएको छ । गए रातिदेखि २४ घन्टायता दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको बताइएको छ ।

यसपछि पनि ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा अएको छ । यस भूकम्पको केन्द्रविन्दु सीनजियाङ्ग प्रान्तको काजकिस्तानको सीमा इलाका नजिकै रहेको जनाइएको छ ।

७.० म्यानिच्युडको भूकम्पमा परी कयौं विदेशीसहित २४७ व्यक्ति घाइते भएका छन् । घाइतेहरुको जिउजाइगुउमा रहेको नागरिक अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

मङ्गलबार साँझ स्थानीय समयानुसार ९:१९ बजे राति आएको यस भूकम्पको केन्द्रविन्दु प्रख्यात पर्यटकीय स्थल जिउजाइगुउ ग्रामीण इलाकाको २० किलोमिटर गहिराईमा रहेको जनाइएको छ । त्यहाँबाट ४५ हजार पर्यटकलाई सुरक्षित स्थानमा सारिएको प्रान्तीय सरकारले जनाएको छ ।

सिचुवानमा २००८ मेमा गएको शक्तिशाली भूकम्पमा ७० हजारको ज्यान गएको थियो । -राेयटर्स

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij