२८ असार, काठमाडौं । हिमालयन जनरल इन्सुरेन्सले बुधबारदेखि १६६.६७ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः१.६६६७ अनुपातमा (१ कित्ता बराबर थप नयाँ १.६६६७ कित्ता) ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
यसमा असार १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साउन ३१ गतेसम्म आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ ।
लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नागपोखरी र एनएमबि बैंकको भक्तपुरको सूर्यबिनायक, ललितपुरको कुमारीपाटी, बनेपाको तीनदोबाटो, बुटवलको ट्राफिक चोक शाखाबाट आवेदन फारम भर्न र बुझाउन पाउँनेछन् ।
यस्तै, एनएमबि बैंककै धरानको महेन्द्रपथ, विराटनगरको रङ्गेली रोड, नेपालगंजको सुर्खेतरोड, धनगढीको बसपार्करोड, पोखरा न्यूरोड, विरगंज आदर्शनगर, चितवन नारायणगढ, जनकपुर भानुचोक र झापा बिर्तामोड शाखाबाट पनि आवेदन फरम भर्न र बुझाउन सकिनेछ ।
कम्पनीको हालको चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ छ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ पुग्नेछ ।