२०८३ साउन ९ शनिबार

साताको अन्तिम दिन शेयर बजारमा झिनो सुधार, कारोबार रकममा पनि वृद्धि

ई आर्थिक    बिहिबार, असार ८ २०७४
4K
Shares
साताको अन्तिम दिन शेयर बजारमा झिनो सुधार, कारोबार रकममा पनि वृद्धि

८ असार, काठमाडौं । साताको पहिलो दिनदेखि नै निरन्तर ओरालो लागेको शेयरबजारमा करोबारको अन्तिम दिन विहीबार झिनो सुधार देखिएको छ । कारोबारमा शेयरबजार परिसूचक नेप्से सामान्य बढेको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि वृद्धि आएको छ ।

बिहीबार नेप्से सूचक ४.८० अंकले बढेर १५५९.४९ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.३१ प्रतिशतले माथितिर लागेको हो । कारोबारमा विमा बाहेकका सबै समूह सकारात्मक रहेपछि बजार बढेको हो ।

यसदिन कुल १३९ कम्पनीको ६७ करोड १८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा २१ करोड बढी हो । यो दिन १५ लाख ७७ हजार ७०७ कित्ता शेयर किनबेच भएका छन् ।

यो होटल समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ७१ प्रतिशत बढेको छ । जलविद्युत समूहको परिसूचक शून्य दशमलव ६५, बैंकिङ शून्य दशमलव ४९, वित्त कम्पनीको शून्य दशमलव ४, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १५, बीमाको शून्य दशमलव ११ प्रतिशत बढेको छ भने ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव शून्य ४ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij