२०८३ साउन ९ शनिबार

खाद्य संस्थानले उपत्यकाका पाँच ठाउँमा बिक्री केन्द्र खोल्ने

ई आर्थिक    सोमबार, जेष्ठ १५ २०७४
2.4K
Shares
खाद्य संस्थानले उपत्यकाका पाँच ठाउँमा बिक्री केन्द्र खोल्ने

१५ जेठ, काठमाडौं । नेपाल खाद्य संस्थानले राजधानीका विभिन्न पाँच ठाउँमा खाद्य संस्थानका खाद्य सामग्री बिक्री केन्द्र खोल्ने तयारी गरेको छ । संस्थानले अब उपत्यकाको चक्रपथ क्षेत्र, कलङ्की, बल्खु, सातदोबाटो, चाबहिल, कोटेश्वर गरी थप पाँच ठाउँमा बिक्री केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको हो। संस्थानले बजारभन्दा सस्तो मूल्यमा उपभोक्तासम्म आफ्नो सामान पु¥याउने उद्देश्यले आउँदो आर्थिक वर्षको सुरुदेखि नै ती ठाउँमा नयाँ बिक्री केन्द्र खोल्ने तयारी गरेको जनाएको छ ।

संस्थानका अनुसार हाल संस्थानले उपत्यका दुई ठाउँ काठमाडौँको संस्थानको थापाथलीको अञ्चल कार्यालय र ललितपुरको नख्खुबाट चामललगायतका खाद्यान्न बिक्री गर्दै आएको छ। संस्थानका प्रवक्ता शंकर सापकोटाले ती ठाउँहरूमा बिक्री केन्द्र खोल्नका लागि खाद्य संस्थानका सञ्चालन समितिले निर्णय गरिसकेकाले आउँदो साउनभित्र बिक्री गर्न सुरु गरिने जानकारी गराए। उनले खाद्य संस्थानले बजार मूल्यभन्दा सस्तो र सुलभमा गुणस्तरीय खाद्य सामग्री बिक्री गर्ने गरे पनि आम उपभोक्ताको पहुँच नपुगेको भन्ने व्यापक गुनासो आएपछि त्यसैलाई मध्यनजर गरेर थप पाँच ठाउँमा बिक्री केन्द्र खोल्ने तयारी गरेको जानकारी गराए।

खाद्य संस्थानबाट बिक्री गरिने चामल बजारको मूल्यभन्दा प्रतिकेजीमै १० रुपियाँसम्म सस्तो हुँदासमेत सबै उपभोक्तालाई सहज हुने र पहुँच पुग्ने ठाउँमा संस्थानले चामल उपलब्ध गराउन नसकेकाले संस्थानको चामलप्रति आकर्षण नभएको पनि प्रवक्ता सापकोटाको भनाइ छ । साथै उनले खाद्य संस्थानले सञ्चालन गरेका नयाँ बिक्री केन्द्रमा उपभोक्ताको चाप बढेमा उपभोक्ताको मागको आधारमा अन्य ठाउँमा पनि विस्तार गर्नसक्ने पनि जानकारी गराए। संस्थानले प्रतिकेजी ४५ रुपियाँमा बिक्री गरिरहेको चामल व्यापारीहरूले भने प्रतिकेजी ५५ रुपियाँमा बिक्री गरिरहेको भेटिएको छ । संस्थानले बासमती चामल ९५ रुपियाँ प्रतिकेजी बिक्री गरिरहेको छ ।

त्यही चामल किराना पसल वा डिपार्टमेन्टल स्टोरमा प्रतिकेजीकै १३० रुपियाँ बिक्री भइरहेको छ । संस्थानका अनुसार बंगलादेशबाट अनुदानमा प्राप्त उसिना चामल प्रतिकेजी ३५ रुपियाँमा बिक्री गरिरहेको छ । यस्तै बजारमा प्रतिकेजी ६९ रुपियाँ पर्ने जिरा मसिनो चामल संस्थानले ६० रुपियाँमा बिक्री गर्दै आएको जनाएको छ । संस्थानले चामलबाहेक गहुँ, फापर, कर्णालीको सीमी बजारमा पाइने मूल्यभन्दा सस्तोमा बिक्री गर्दै आएको छ । राजधानीमा चामलको बजार भाउ पसल तथा डिपार्टमेन्ट स्टोर पिच्छे फरक/फरक छ । बजारमा चामलको भाउ खाद्य संस्थानको भन्दा धेरै मूल्य फरक देखिएको छ । संस्थानले दिएका चामल बजारमा नपाए पनि दुवैको मूल्य हेर्दा निकै फरक छ । आजको गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij