२०८३ साउन १२ मंगलबार

प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो

ई आर्थिक    मंगलबार, साउन १२ २०८३
114
Shares
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो

काठमाडौँ।  भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा उक्त जानकारी सार्वजनिक गरेका हुन्।

पत्रकारहरूले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता जयसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिइसकिएको बताएका हुन्। यद्यपि भ्रमणको मिति, कार्यसूची तथा अन्य तयारीबारे भने उनले कुनै विवरण खुलाएका छैनन्।

भारतको यो औपचारिक निमन्त्रणासँगै प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणले नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, ऊर्जा, पूर्वाधार तथा आपसी हितका विविध विषयमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि पनि नेपाल र भारतबीच उच्चस्तरीय भ्रमण तथा कूटनीतिक संवाद निरन्तर हुँदै आएका छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति दुवै देशको आपसी समन्वयपछि तय हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij