२०८३ साउन १४ बिहिबार

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व संकलन

ई आर्थिक    मंगलबार, साउन १२ २०८३
285
Shares
यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व संकलन

विराटनगर।  यातायात व्यवस्था कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल ४८ करोड ९८ लाख २७ हजार १८७ रूपैयाँ राजस्व संकलन गरेको छ।

रुट पर्मिटबाट एक करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा शुल्कबाट ७५ लाख ५१ हजार, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट एक लाख २८ हजार ३ सय र चालक अनुमति पत्रबाट आठ करोड ५३ लाख ३३ हजार ४७५ रूपैयाँ राजस्व उठेको छ।

यस्तै, दण्ड जरिवाना र जफतबाट एक लाख तीन हजार एकसय र सवारीसाधान करबाट ३८ करोड ५२ लाख ७९ हजार ४८२ रूपैयाँ जम्मा भएको सूचना अधिकारी लेखप्रसाद आचार्यले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij