२०८३ भाद्र ३० मंगलबार

गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महाविर पुनले लिए शपथ

ई आर्थिक    मंगलबार, जेष्ठ २६ २०८३
1.3K
Shares
गृहमन्त्री सुधन गुरुङ र  विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महाविर पुनले लिए शपथ

काठमाडौं ।  नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुन ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले दुवै मन्त्रीलाई शपथ गराएका हुन्।

नवनियुक्त गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ बाट निर्वाचित सांसद हुन् भने महाविर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित सांसद हुन्।

दुवै मन्त्रीको यो सरकारमा दोस्रो कार्यकाल भएको बताइएको छ। गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने पुनले पूर्ववर्ती सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गरिसकेका छन्।

शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij