२०८३ भाद्र ३० मंगलबार

स्वावलम्बन लघुवित्तबाट भोटेकोशी बाढी प्रभावितका लागि रु. ४० लाखको चेक हस्तान्तरण

ई आर्थिक    मंगलबार, भाद्र ३० २०८३
152
Shares
स्वावलम्बन लघुवित्तबाट भोटेकोशी बाढी प्रभावितका लागि रु. ४० लाखको चेक हस्तान्तरण

ई–आर्थिक, काठमाडौं । स्वावलम्बन लघुवित्तका अध्यक्ष प्रा. डा. कुुसुम शाक्यबाट अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई भोटेकोशी बाढी प्रभावितका लागि अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच रु. ४० लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।

विपद्को यस कठिन घडीमा नेपाल सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पु¥याउने उद्देश्यले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले संस्थागत तर्फबाट रु. २५ लाख, सञ्चालकहरुका तर्फबाट रु. ३० हजार ६ सय र सम्पूर्ण कर्मचारीहरुका तर्फबाट रु. १४ लाख ६९ हजार ४ सय गरी जम्मा रु. ४० लाख नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा योगदान गरिएको हो ।

रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ्ग, चितवन लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.परिवारले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति र बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

साथै, बाढीमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै वित्तीय संस्थाको शाखा कार्यालय वेत्रावती–रसुवामा कार्यरत रही हालसम्म सम्पर्क विहिन हुनुभएका कर्मचारीद्धय श्री किरण थापा र श्री राजकुमार दर्जी लगायतका वेपत्ता नागरिकहरुको सकुशल खोजतलास एवं उद्धारका लागि नेपाल सरकार समक्ष अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij