२०८३ भाद्र २६ शुक्रबार

उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा

ई आर्थिक    बिहिबार, भाद्र २५ २०८३
570
Shares
उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष आफ्नो राजीनामा बुझाएकी हुन्। उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वबाट बाहिरिएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महोत्तरी–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवलाई १० अप्रिल २०२६ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिइएको थियो। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा उनी उद्योग मन्त्रालय सम्हाल्ने जिम्मेवारीमा थिइन्।

मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै  प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए । यादवले राजीनामा दिनुको तत्कालीन कारणबारे भने विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राजीनामा स्वीकृत भएको औपचारिक जानकारी आउन बाँकी रहेको छ।

यादवको राजीनामापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा प्रधानमन्त्री शाहले निर्णय गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij