काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले जिम्मेवारीमा पुगिसकेको व्यक्तिले जिम्मेवारीबाट हटाइएको व्यक्तिलाई गाली गर्नु लज्जास्पद भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद पाण्डेले जिम्मेवारीमा पुगिसकेपछि जिम्मेवारी खोसिएको व्यक्तिमाथि गालीगलौज गर्नु उचित नभएको टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्, ‘जिम्मेवारीमा पुगिसकेकाले … जिम्मेवारी खोसिएकालाई गाली गर्नु लज्जास्पद हो।’
पाण्डेको यो अभिव्यक्ति पछिल्लो राजनीतिक घटनाक्रम र जिम्मेवारीबाट हटाइएका व्यक्तिमाथि भइरहेका टिप्पणीप्रति लक्षित देखिन्छ।