२०८३ साउन ९ शनिबार

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, सुन तोलाको ३ लाख १८ हजार ८०० कायम

ई आर्थिक    बुधबार, माघ १४ २०८२
2.6K
Shares
सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, सुन तोलाको ३ लाख १८ हजार ८०० कायम

ई–आर्थिक, काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि हुँदै आज एक तोलाको सात हजार ३०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

यसअघि मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० रुपैयाँ थियो भने चाँदीको मूल्य छ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस पाँच हजार २०० अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यस्तै, सेतो धातु चाँदी प्रतिऔँस १११ अमेरिकी डलरमा किनबेच भइरहेको जनाइएको छ।

अन्तरराष्ट्रिय बजारमा निरन्तर बढ्दो मूल्यको असरस्वरूप नेपाली बजारमा पनि सुनचाँदीको मूल्यले नयाँ उचाइ छोएको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij