२०८३ भाद्र २७ शनिबार

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    आइतबार, साउन ३ २०८३
741
Shares
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार २४० निर्धारण भएको छ।

गत शुक्रबार एक तोला सुन रु दुई लाख ८२ हजार १०० र चाँदी रु चार हजार २०० मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij